सोमबार १७, चैत्र २०८१ | 05:23:06 PM
हाम्रो बारेमा
सेवाहरू
एकाइहरू
ग्राहक सरोकार
ओपीडी तालिका
अनुसन्धान र शिक्षाविद्
सूचना पाटी
डाउनलोडहरू
ग्यालेरी
सम्पर्क
विकास समिति
परिचय
कर्मचारी विवरण
वार्ड इन्चार्ज
डाक्टर
विकास समिति
संगठनात्मक संरचना
नागरिक बडापत्र
भविष्यका योजनाहरू
विकास समिति
Message from the board
.jpeg&w=3840&q=100)
डा.युवानिधी बसौला
निर्देशक
डा.युवानिधी बसौला
निर्देशक
बि.स. १९९० माघ १० गते कलेरा अस्पताल को नामबाट स्थापित नेपालको एक मात्र केन्द्रीय ट्रपिकल तथा सरुवा रोग अस्पताल हो । नेपाल भरिबाट रिफर भै आउने जुनसुकै सरुवा तथा ट्रपिकल रोगको यस अस्पतालमा उपचार हुदै आएको छ । गरिव जनताहरुको उपचार हुने बिषेश अस्पतालका रुपमा यो अस्पताल रहेको छ । शहिद शुक्रराज शास्त्रीको नाममा स्थापित यस अस्पतालले बिस्वब्यापी रुपमा फालिएको कोभिड-१९ को महामारीमा अतुलनीय सेवा प्रदान गरेको थियो ।
यतिबेला यस अस्पताललाई देशकै नमूना ट्रपिकल तथा सरुवा रोग अस्पताल वनाउने तयारी भैरहेको सन्दर्भमा सवैको ध्यान यस अस्पताल तर्फ केन्द्रित बनिरहेको पाइन्छ । अर्को तर्फ गरिव, अशक्त, असहाय, निमूखा, राज्यको मूलप्रवाहवाट बहिष्करणमा परेका समुदायहरुको निशुल्क उपचार हुने केन्द्र पनि यहि अस्पताल नै भएका कारणले यस अस्पताल प्रति जनताको अपार माया र सद्रभाव अनि चासो पनि उत्तिकै छ । सवैलाई लागेको छ यो अस्पताल बनाउनु पर्दछ, बनाउनै पर्दछ र यसको सेवा प्रभावकारी हुनु नै पर्दछ । काठमाडौंका स्थानिय जनता, राजनैतिक पार्टि, नागरिक समाज, बुद्धिजीवि, आम नागरिक मात्र होइन् सरकार तथा उसका विभिन्न निकायहरुले पनि यस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको विकास र सम्वृद्धिका लागि चासो लिइरहेका छन् । यस अस्पताललाई देशभरिकै सरुवा तथा सरुवा रोगको नमूना अस्पताल वनाउने र यसैको बिकासको ढाँचाका आधारमा अन्य प्रदेश स्थित प्रादेशिक सरुवा रोगका सरकारी अस्पतालहरु बीच पनि बिकास गर्दै लैजाने सोच सरकारको देखिन्छ । अस्पताल भित्रका सवै चिकित्कस, कर्मचारी, नर्स देखि लिएर सवै राजनैतिक पार्टि, नागरिक समाज, बुद्धिजीवि, पत्रकार, कानुन व्यवसायी, उधोगी सवैको साथ र माया ममतामा यस अस्पताललाई देशकै नमुना ट्रपिकल तथा सरुवा रोगको अस्पताल वनाउने सपना साकार पारौं । अस्पताल भित्र मैले आफुले सकेको जति योगदान दिने र अस्पताललाई केही नया स्वरूपमा लैजाने अठोट लिएर कसम खाएर नै म यस अस्पतालमा निर्देशक भएर आएको हुँ । सवै कर्मचारीहरुलाई समान व्यवहार गर्ने, क्षमताका आधारमा उचित जिम्मेवारी दिने, पुरस्कार र दण्डको व्यवस्था गर्ने, विधी र पद्धतीको विकास गर्दै अस्पताललाई प्रविधिमैत्रि वनाउने काम मेरो कार्यकालमा हुने छन् । यहाँहरू सवैको सकारात्मक सहयोगको अपेक्षा लिएको छु ।
धन्यबाद